सोती घटनाका पीडितलाई अमेरीकाबाट सहयोग

असार २७, २०७७ | जाजरकोट

– गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनाका पीडितलाई अमेरीकाबाट आर्थिक सहयोग जुटेको छ । सोती घटनामा ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई अमेरिका बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । अमेरीकामा बस्दै आएका पत्रकार दिनेश जंग शाह र भोला आचार्यको पहलमा खोलिएको गो फन्डमा जम्मा भएको रकमबाट पीडित परिवारलाई सहयोत जुटेको हो । 

फन्डमा ६७ जना नेपालीहरुले जम्मा गरेको ४ लाख २० हजार रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरिएको हो । सो रकमबाट प्रति परिवारलाई ७० हजार सहयोग उपलब्ध भएको छ । सहयोग रकम मृतकका आमा, पत्नि लगायतलाई उपलब्ध गराईएको शिव प्रसाद आचार्यले बताउनुभयो ।

कथित माथिल्लो जातकी प्रेमिकालाई बेहुलीको रुपमा भगाउन गएका बेला भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका नवराज विक सहित १९ जना युवाहरु सोतीका स्थानीयको आक्रमणमा परेका थिए । आक्रमणमा परेर नवराज, सन्दीप विक , गणेश वुढा मगर, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको ज्यान गएको थियो । रुकुम जिल्ला अदालतले सो घटनाका २६ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ३ जनालाई तोरखमा छाडेको छ । घटनाका ५ जना आरोपी अझै फरार छन् । 


प्रतिक्रिया