कास्कीबाट १७ जना जुवाडे पक्राउ

श्रावण २९, २०७७ | पोखरा

पोखरा महानगरपालिका–१० मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेरामा जुवातास खेलिरहेका १७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको टोलीले हमालसहित १७ जनालाई एक लाख २ हजार ४ सय ९० रुपैयाँसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हमालसहित ५७ वर्षीय भुबहादुर गुरुङ, ५० वर्षीया अस्मिता गुरुङ, ५२ वर्षीय डम्बर बहादुर गुरुङ, ५८ वर्षीय बल बहादुर गुरुङ, ४२ वर्षीया ईन्द्रा गुरुङ, ६२ वर्षीय राधेश्याम भुजेल, ५६ वर्षीय मन बहादुर गुरुङ, ३४ वर्षीया हिम कुमारी गुरुङ रहेका छन् । 

यस्तै, ४६ वर्षीया ईन्द्रा राई, ७२ वर्षीय केश कुमारी गुरुङ, ४८ वर्षीय राजलक्ष्मी राई, ५९ वर्षीया सुक कुमारी गुरुङ, ३५ वर्षीया सीता नेपाली, ३९ वर्षीय लिलमान थापा, ५१ वर्षीय यम बहादुर गुरुङ र ४० वर्षीय बिनोद गुरुङ छन् । 

उनीहरुविरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो ।  


प्रतिक्रिया