हेलिकप्टरबाट नवजात शिशुको उद्धार

भाद्र २१, २०७७

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ इचोकको बर्थिङ सेन्टरमा जन्मिएको शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौ ल्याइएको छ । हेलम्बु गाउँपालिका १ की ३१ वर्षिय फुर्पा डोल्मा शेर्पाको नवजात शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुरुप तत्कालै हेलिकप्टरबाट थप उपचारर्थ ल्याइएको हो । 

लामो समयसम्म व्यथा लागेर आज बिहान जन्मिएकी शिशुलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्सबाट ल्याउन ढिलो हुने देखिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । 

दुर्गम क्षेत्रमा गर्भवती हुन नसकेकाहरुको सरकारले निशुल्क उद्धार गरी अस्पताल पुर्‍याउने अभियान बनाएको छ । तर बच्चाको उद्धार नर्गने भएकाले गाउँपालिकाले आफ्नै खर्चमा कैलाश हेलिकप्टरबाट लगिएको शेर्पाले बताउनुभयो । 


प्रतिक्रिया