लागू औषधसहित विराटनगरबाट ९ जना पक्राउ

मंसिर ३, २०७७ | विराटनगर

लागू औषध बेचबिखन एवं सेवन गरेको आरोपमा एक युवती सहित नौ जनालाई मोरङको उर्लाबारीबाट प्रहरीले पक्राउ गरेको छ । 

उर्लाबारी नगरपालिका–७ स्थित छोमाई तामाङको घरबाट उनीहरुलाई ४ ग्राम ७ सय २७ मिलिग्राम ब्राउन सुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम गाँजा र पाँच मोटरसाइकल सहित पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ स्कूल डाँडाका २१ वर्षीय ममता तामाङ, बरगाछीका २४ वर्षीय मिलन याक्सो, १९ वर्षीय असिम लिम्बु, उर्लाबारी–९, भोटेपुलको २८ वर्षीय आकाश लिम्बु, रतुवामाई नगरपालिका इटहराका २२ वर्षीय रुपममान केदेम (लिम्बु), २५ वर्षीय मञ्जिल बस्नेत, रतुवामाई–१० सातमेडिका १९ वर्षीय एन्जील मगर, झापा दमक नगरपालिका–७ निवासी १९ वर्षीय ससिन शेख र दमक–४ सिर्जना टोलका ३० वर्षीय सुमन सुनुवार छन् । 

गोप्य सूचनाको आधारमा उर्लाबारीस्थित ईलाका प्रहरी कार्यालयले छापा मार्ने क्रममा छोमाई तामाङको घरबाट उनीहरुलाई पक्राउ परेको हो । 


प्रतिक्रिया