अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

मंसिर १५, २०७७ | अछाम

अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मंगलसेनबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको यात्रुबाहक बस सोमबार बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा साँफेबगर नगरपालिका–३ का १९ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 

चालकसहित १८ जना सवार रहेको सो बस सडकबाट करीब ६० मिटर तल खसेको थियो । अहिलेसम्म ७ जनालाई थप उपचारको लागि बयालपाटा अस्पतालमा ल्याइएको छ ।


प्रतिक्रिया