जिप दुर्घटना हुँदा पर्वतमा एकको मृत्यु

पुस १५, २०७७ | पर्वत
पर्वतको जलजला गाउँपालिकामा जिप दुर्घटना हुँदा त्यसमा सवार एक यात्रुको मृत्यु भएको छ । दुर्घटनामा जलजला गाउँपालिका–६की २२ वर्षीया कौशिला पुर्जाको मृत्यु भएको हो ।
कुश्माबाट सिमेण्ट बोकेर बनौंतर्फ जाँदै गरेको ग २ च ६३७९ नम्बरको जिप जलजला–९ बनौंको बिसाउने भीरबाट करीब २ सय मिटर तल जंगलमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी कौशिलाको उपचारका लागि पर्वत अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले बताउनुभयो । दुर्घटनामा घाइते चालक र सहचालक दुबै जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।