उदयपुरमा एक पुरुष मृत फेला

फाल्गुन १, २०७७ | उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका–११ शिवालयका ६५ वर्षीय वीरेन्द्रकुमार राई मृत फेला परेका छन् । राईलाई आफनै घरको दोस्रो तलमा मृत फेला परेको उदयपुरका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो । 

एसपी दाहालका अनुसार मृतक राईको शरीरको विभिन्न भागमा निलडाम रहेको छ । यस्तै, मृतक वीरेन्द्रकुमारकी ५२ वर्षीया श्रीमती रिता राई अचेत अवस्थामा भेटिएको एसपी दाहालले बताउनुभयो । 

घाईते रिताको जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचारपछि विराटनगरस्थित विराट नर्सिङहोममा पठाइएको प्रहरीले जनाएको छ । घाइते रितालाई मुखभरी विष दलिएको अवस्थामा घर बाहिर भेटिएको हो । 

उनलाई श्रीमानको हत्यापछि विष सेवन गराएर बार्दलीबाट फालिदिएको हुनसक्ने प्रहरीको अनुमान छ । वीरेन्द्रको कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । 

घाइते रिताले दिएको प्रारम्भिक बयानका आधारमा स्थानीय ३४ वर्षीया शिला राईले कुटपिट गरेको खुलेकाले उनलाई नियन्त्रणमा लिइएको एसपी दाहालले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया