बैकिङ कसुर मुद्दाका अभियुक्त जग्गा ब्यापारी ढुङ्गाना पक्राउ

चैत्र ४, २०७७ | काठमाडौं

बैकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंबाट पक्राउ गरेको छ । 

अदालतबाट १ करोड ८५ लाख रुपैयाँ जरिवाना तथा १ महिना कैद सजायँ तोकिएका अभियुक्त उपेन्द्र प्रसाद ढुङ्गानालाई सीआईबीको टोलीले पक्राउ गरेको हो । 

बैंकिङ् कसूर मुद्दामा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौं धुम्बाराही बस्दै आएका ५१ वर्षीय ढुङ्गानालाई उच्च अदालत पाटनले गत माघ ५ गते दोषी ठहर गरेको थियो । 

जग्गा ब्यापारी समेत रहेका ढुङ्गानाविरुद्ध उर्मिला कँडेलले जाहेरी दिएकी थिईन् । फैसला कार्यान्वयनको लागि ढुङ्गानालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ । 


प्रतिक्रिया