‘नक्कली’ सेकेन्ड लेफ्टिनेन्ट पोखराबाट पक्राउ

चैत्र ९, २०७७ | पोखरा

नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट (सहायक सेनानी) पोखराबाट पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका–१४ स्थित निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने क्रममा सेनाको टोलीले मुस्ताङको थासाङ गाउँपालिका–४ का १८ बर्षीय तेन्जिङ तो गुरुङ भनिने विपिन लगुन विकलाई पक्राउ गरेको हो । 

विकबारे अनुसन्धान गर्दा उनी नेपाली सेनामा कार्यरत नरहेको खुलेपछि प्रहरीको जिम्मा लगाईएको छ । विकको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्जर्‍यानी चिन्ह सहितको पोषाक (चुस्ता), बुट, एक थान श्री भगवतीदल गण पोखरा लेखिएको परिचय पत्र, र एक थान वाकिटकी रेडियो सेट बरामद भएको छ । 


प्रतिक्रिया