निकुञ्जमा चोरी सिकार गरेको अभियोग एक पक्राउ

चैत्र १९, २०७७ | बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी सिकारी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत बराहाताल गाउँपालिका–२ सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिर रहेका छन् ।

गत माघ १६ गते निकुञ्जको गस्ति टोलीले भरुवा बन्दुक ३ थान, १७ थान गोली र बारुद २ सय ग्राम सहित गणेश तिवारी र चक्र बहादुर विष्टलाई नियन्त्रणमा लिएको थियो । 

अदालतले तिवारी र विष्टसँग जनही २ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, उनीहरुले धरौटी बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गरिएको थियो । 

सोही मुद्दामा फरार रहेका मन्दिरलाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाएको बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।


प्रतिक्रिया