साढे १७ लाख भारतीय रुपैयाँसहित बर्दियाबाट एक पक्राउ

वैशाख २६, २०७८ | काठमाडौं

स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित बर्दियाबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–४ स्थित सतीघाट पुलबाट सशस्त्र प्रहरीले कैलालीको टिकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरीलाई पक्राउ गरेको हो । 

चौधरीको साथबाट १७ लाख ५० हजार भारतीय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरले जनाएको छ । फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाईएको सशस्त्रले जनाएको छ । 


प्रतिक्रिया