वडा सचिवको कोठाबाट सामाजिक सुरक्षाको ३९ लाख गायब

असार ३१, २०७८ | बझाङ

बझाङको बुङगल नगरपालिका वडा नं. ९ र ११ बासिन्दालाई वितरण गर्न भनेर लगिएको सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा सचिवकै कोठाबाट हराएको छ । वडा सचिव बपिन्द्र महत्तोको कोठामा राखिएको ३९ लाख रुपैयाँ चोरी भएको उनले बताएका छन । 

नगरपालिकाकै वडा सदस्य धनबिर बोहराको घरमा भाडामा बस्दै आएका महत्तोले सामाजिक सुरक्षा भत्तावापतको रकम राखेकै कोठाबाट चोरी भएको बताएका छन । महत्तोले सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि गत साता मात्रै ६१ लाख रकम नगदै झिकेर लगेका थिए । जसमध्ये करिब २१ लाख ९१ हजार रकम वितरण भइसकेको जनाएका छन् ।

प्रहरीले अनुसन्धानका लागि वडा सचिव महतो, नगरपालिकाका एकजना प्राविधिक सहायक र घरबेटीलाई नियन्त्रणमा लिएको छ ।  


प्रतिक्रिया