बालिकामाथि करणी अभियोगमा पर्साबाट एक पक्राउ

माघ ११, २०७८ | पर्सा

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ का २० वर्षीय भनु यादव भनिने मुन्ना प्रसाद यादव रहेका छन् । 

छिमेककी १५ वर्षीया बालिकालाई यादवले डरत्रास देखाई पटकपटक जबरजस्ती करणी गर्दै आएको खुलेको छ । माघ ५ गते राति ९ बजे बालिकालाई वीरगञ्ज महानगरपालिका–१५ भिष्वा टोलस्थित साथीको कोठामा लगेर पुन: करणी गरेको आरोप यादवमाथि छ ।

बालिकाका अभिभावकले आइतबार दिएको जाहेरीका आधारमा यादवलाई सोमबार उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

यादवलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश खनालले बताउनुभयो । 


प्रतिक्रिया