हिउँ खेल्न गएका दुई किशोर ११ दिनपछि मृत भेटिए

फाल्गुन १, २०७८ | गोरखा

हिउँ खेल्न जाँदा सम्पर्कविहीन भएका गोरखाका दुई किशोर ११ औँ दिनमा मृत भेटिएका छन् । गत माघ २० गते हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–२ का १६ वर्षीय करण घले र वडा नम्बर १ का १६ वर्षीय साइला भनिने सञ्जय घले सम्पर्कविहीन थिए । 

आइतबार साँझ स्थानीय र कारपाक प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले सुलिकोट गाउँपालिका–१ तिम्राखोलाको डाडाँको खोचमा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताउनुभयो । 

शवको प्रकृति र घटनास्थलको अवस्था हेर्दा दुई किशोर हिउँ परेको समयमा डाँडाबाट लडेर खोचमा पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थल तर्फ परिचालन गरिएको छ । 


प्रतिक्रिया