भालुको पित्त र यार्सासहित एकजना पक्राउ

फाल्गुन ७, २०७८ | कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बनदेवी मन्दिर नजिकैबाट भालुको पित्त र यार्सागुम्बा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका–६ का ५७ वर्षीय बृख कामी रहेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कामीबाट ९२ ग्राम भालुको पित्त र २४ सय ग्राम यार्सागुम्बा बरामद गरिएको हो । 

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा डेरा गरी बस्ने उनको कोठाबाट समेत थप ५ सय ग्राम यार्सागुम्बा बरामद भएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।


प्रतिक्रिया