अटोलाई टिपरले ठक्कर दिंदा उदयपुरमा एकको मृत्यु

चैत्र १३, २०७८ | उदयपुर

मदन भण्डारी राजर्मागको बेल्टार–गाईघाट सडकखण्ड अन्र्तगत उदयपुरको चौदण्डीगढी नगरपालिका–१० देवधारमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा चौदण्डीगढी नगरपालिका–६ बेल्टारका अन्दाजी ७० वर्षीय दण्डीराम तिमिल्सीनाको मृत्यु भएको हो । गाईघाटबाट बेल्टार तर्फ जाँदै गरेको स १ ह ३१९ नम्बर अटोलाई विपरीत दिशामा रहेको टिपरपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

अटोमा सवार चौदण्डीगढी नगरपालिका–२ का ४८ वर्षीय शिवराज कटुवाल र वडा नम्बर–७ का विनोद कार्की घाइते भएको बेल्टारस्थित इलाक प्रहरी कार्यालयले जनाएको छ । 

घाइते दुबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । अटोलाई ठक्कर दिने टिपरको अहिलेसम्म पहिचान हुन सकेको छैन । 


प्रतिक्रिया