शाहीको शव ५ दिनपछि उठाइयो

जेष्ठ २५, २०७९

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर बिनोद शाहीको शव ५ दिनपछि उठाइएको छ । स्थानीय प्रशासन र परिवारबीच घटनाको सत्य तथ्य छानविनगरि दोशीलाई कारबही गर्ने सहमति अनुरुप शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याईएको हाम्रा सहकर्मीले जनाएका छन् । बालक शाहीको मृत्युले राजनीतिकरुप लिएपछि पाँचदिन देखि परिवार र स्थानीयले प्रर्दशन गर्दै आएका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीको घटनाको छानविनमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि अहिले स्थानीयले आन्दोलनलाई स्थगित गरेका छन् । जिल्लास्थित प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले हिजो छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरेका थिए । नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली काँग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ, भने नेपाली कांग्रेसले सो आरोपको खण्डन गरेको छ । पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भिरमा जेठ २१ गते भेटिएको थियो ।

यसैबीच, पीडित पक्षले जाहेरी दर्ता भएसम्म पोस्टमार्टम गर्न नदिने अडान राखेका छन् । जिल्ला अस्पताल अछामकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनाली बास्कोटाले पोस्टमार्टम गर्नका लागि आधिकारिक जानकारी नआएको र पीडित पक्षले पोस्टमार्टम कक्ष भित्र पनि शव राख्न नमानेको बताउनुभयो । मृतक शाहीको शव जिल्ला अस्पताल परिसरमा ट्याक्टरमै राखिएको छ । अहिले जिल्ला अस्पताल मंगलसेन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  


प्रतिक्रिया