सहमतिपछि बन्दका कार्यक्रम फिर्ता

जेष्ठ २५, २०७९

आन्दोलित स्थानीय र प्रशासनबीचको सहमति पश्चात बर्दियाको गुलरिया, राजापुर हुलाकी सडक खण्डको ओराली बजार खुलेको छ । वन्यजन्तु पीडितले गत सोमवारदेखि गरेको बन्द सहमति पछि आजबाट खुलेको हो । सर्वपक्षिय र पीडित परिवारसंग भएको सहमति पछि चक्काजाम लगायत सबै आन्दोलनका कार्यक्रम फिर्ता भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । 

प्रहरीको गोली लागि मधुवन—२ सोनाहा फाटाकी १८ वर्षिय नविना चौधरीको मृत्युभए पछि तनाव उत्पन्न भएको थियो । मधुवन नगरपालिकाले पीडित परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको नगरप्रमुख तेज बहादुर भाटले बताउनुभयो । 


प्रतिक्रिया