अध्यक्ष मानन्धरद्धारा विद्यालयलाई दुई महिनाको तलव सहयोग

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७९

काठमाडौं महानगरपालिका १७ का वडा अध्यक्ष नविन मानन्धरले नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई दुई महिनाको तलव सहयोग गर्ने घोषणा गर्नुभएको छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारकालागि दुई महिनाको मासिक पारिश्रमिक ६० हजार आर्थिक सहयोगको घोषणा गर्नु भएको हो । सोहि वडामा रहेको पुरानो सरकारी विद्यालयको अवस्था सुधारकालागि अध्यक्ष मानन्धरले आफ्नो मासिक पारिश्रमिकबाट रकम हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको वडा सदस्य कविता दासले जानकारी दिनुभयो । 

विद्यालयले नव निर्वाचित वडा पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष मानन्धरले सरकारी विद्यालयको सुधार भए निजि विद्यालयमा जाने विद्यार्थीलाई रोक्न सक्ने बताउनुभयो । विद्यालयको विकासका लागि वडाले आवश्यक सबै सहयोग प्रदान गर्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो । अघिल्लो कार्यकालमा पनि अध्यक्ष मानन्धरले वडाभित्रका सरकारी विद्यालय, अस्पताल लगायतमा आफ्नो मासिक पारिश्रमिक सहयोग गर्नु भएको थियो । 


प्रतिक्रिया