रुपन्देहीमा ४ वर्षिय बालिकामाथि बलात्कार

श्रावण ५, २०७९

रुपन्देहीको सैनामैना नगरपालिकामा चार वर्षिया बालिकामाथि बलात्कार भएको छ । सैनामैना नगरपालिका–२ सरौलीस्थित संगमचौककी बालिकामाथि गएराति बलात्कार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बलात्कारको आरोपमा ४९ वर्षिय खेमप्रसाद भुसाल पक्राउ परेका छन् । 

भुषाल बालिकाका घरबेटी हुन् । प्रहरी निरीक्षक दीपक कुंवरका अनुसार भुषालले बालिकालाई घुम्न जान भन्दै फकाएर लगेका थिए । करिब एक घण्टापछि घर आएकी बालिकाले पेट दुखेको बताएपछि सो घटना बाहिर आएको हो । बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया