यार्सागुम्बा सहित एक जना पक्राउ

श्रावण १०, २०७९

प्रहरीले दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको यात्रुबाहक बसमा महाकाली नगरपालिका–८ स्थित आसाकाडाबाट यार्सागुम्बा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यास गाउँपालिका–४ सुन्सेराका कम्मानसिह बिष्टको साथबाट एक किलो ६ सय ग्राम यार्सागुम्बा बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका दार्चुलाका सूचना अधिकारी राजेश शाहीका अनुसार बिष्टको साथबाट १५ ग्रामको कस्तुरीका नावी जस्तै देखिने चिज बरामद गरिएको छ । बिशेष सूचनाको आधारमा प्रहरीले आसाकाडामा रोकिएको बसमा चेकजाच गर्दा बिष्टको साथबाट यार्सागुम्बा र कस्तुरीको नावी बरामद गरिएको हो । 

व्यक्तिसहित बरामद यार्सागुम्बा र कस्तुरीको नावी डिभिजन वन कार्यालयलाई बुझाइएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया