सप्तरीमा एक पुरुष मृत फेला

मंसिर १३, २०७९ | राजविराज

सप्तरीमा सोमबार राति एक पुरुष मृत भेटिएका छन् । कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय पप्पु भनिने संजय राउतको हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो । 

सोमबार राति १० बजे आफ्नो घरबाट निस्केका राउत बिहानसम्म नफर्किपछि परिवारले खोजी गर्न सुरु गरेको थियो । स्थानीयले राउतको घरदेखि डेढ सय मिटर उत्तर रहेको पोखरीमा उनको शव देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरेका थिए । 

डीएसपी सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको हत्या देखिएको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी अभिनारायण काफले सहित इलाका प्रहरी कार्यालय कंचनपुरको टोली अनुसन्धानरत छन् । 

अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट समेत तालिम प्राप्त कुकुर मगाईएको डीएसपी सिंहले जानकारी दिनुभयो ।  


प्रतिक्रिया