रुपन्देहीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

मंसिर १९, २०७९ | तिलोत्तमा

रुपन्देहीमा सोमबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल उपमहानगरपालिका–१६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको हो । 

शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशामा रहेको लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा परि घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया