तिलोत्तमामा नेवारी खाजा महोत्सव हुने

मंसिर २०, २०७९ | तिलोत्तमा

भिमसेन नेवा: समाज तिलोत्तमाले रुपन्देहीमा नेवारी खाजा महोत्सव गर्ने भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा समाजले यही मंसिर २१ र २२ गते तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ आयोजना गर्ने भएको हो । 

नेवारी जातिय संस्कृति, परम्परागत खानपानहरुको संरक्षण गर्ने उद्देश्यका साथ नेवारी खाजा महोत्सव आयोजना गरिएको समाजका सचिव सितुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

नेवारी खाजाको आनन्द लिन सबै नेवारी खाजाका पारखीहरु समाजका सचिव श्रेष्ठले अनुरोध समेत गरेका छन् । २ वर्ष अघि तिलोत्तमामा देशभरीबाट बसाइसराई गरी आएका र विभिन्न पेशा व्यवसायमा आवद्ध भएका नेवारहरुको सक्रियतामा भिमसेन नेवा: समाजको स्थापना भएको थियो ।


प्रतिक्रिया