उदयपुरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाईते

पुस ४, २०७९ | उदयपुर

उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा सोमबार बिहान जिप दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । 

दुर्घटनामा घाइते उदयपुरको ताप्ली गाउँपालिका–१ का ६५ वर्षीय मिनबहादुर सार्कीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राकेश पोदारले बताउनुभयो । 

ताप्लीको रुपाटारबाट कटारीतर्फ जाँदै गरेको प्र.२–०१–००१ च.००५० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करीब सय मिटर तल खसेको थियो । जिपमा सवार ९ मध्ये ६ जना घाईते भएको प्रहरीले जनाएको छ । 

घाइते सर्लाहीको लालबन्दीका ३० वर्षीय फडिन्दश श्रेष्ठ, उनकी ७ वर्षीया छोरी भवानी श्रेष्ठ र २ वर्षीया भुमिका श्रेष्ठ, उदयपुरको ताप्ली–५ रुपाटार की २३ वर्षीया सुमित्रा गिरी र ४५ वर्षीय झगडबहादुर विकको कटारी अस्पतालमा उचार भईरहेको छ । जिप चालक ताप्ली–५ खानीडाँडाका ३२ वर्षीय ईश्वर नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया