बालिका मृत फेला

माघ २, २०७९

खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता एक वालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया रञ्जिता दाहाल आज बिहान घर नजिकै खन्युको फेदमा मृत फेला परेको प्रहरीले जनाएको छ । हिजो दिउँसो घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी वालिकाको शव पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । 

विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिवल, फुटवल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । शरीरका विभिन्न ठाउँमा चोट देखिएकाले घटना शंकास्पद भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । 


प्रतिक्रिया