पशुपति क्षेत्रमा महाशिवरात्रीमा २७ लाख भक्तजन सहभागी

फाल्गुन ८, २०७९ | काठमाडौँ

पशुपति क्षेत्रमा महाशिवरात्री पर्वको अवसरमा लागेको मेलामा २७ लाख भक्तजन सहभागी भएका छन् । गत वर्ष कोरोना महामारीका कारण भक्तजनको संख्यामा कमी भएपनि यसपटक सो संख्या बढेको पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी अधिकृत घनश्याम खतिवडाले जानकारी दिनुभयो । गत वर्ष २० लाख भक्तजनले मात्र पशुपति क्षेत्रको दर्शन गरेका थिए । 

यसैबीच महाशिवरात्रीमा भारतबाट आएका साधु सन्तहरुलाई आज विदाई गरिने क्षेत्र विकास कोषले जनाएको छ । मेलामा सहभागी हुन ५ हजारको संख्यामा सहभागी भएका उनीहरुलाई विभिन्न श्रेणीमा वर्गीर्करण गरेर ५ हजार देखि १५ हजार रुपैयाँसम्म दक्षीणा दिएर विदाई गर्न लागिएको हो ।  


प्रतिक्रिया