कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

फाल्गुन १०, २०७९ | तिलोत्तमा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि रुपन्देहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक बसन्तपुर गाविस–९ हाल ओमसतिया गाउँपालिका–४ का ४६ वर्षीय श्रीराम हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो । 

तत्कालीन पुनरावेदन अदालत बुटवलको २०६० बैशाख १० गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भई फरार रहेका हरिजनलाई सोमबार पक्राउ गरिएको अर्यालले बताउनुभयो । 

प्रहरीले हरिजनलाई उनकै घरमा फेला पारेपछि पक्राउ गरेको हो । फैसला कार्यान्वयनको सिलसिलामा उनलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया