कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा

फाल्गुन ३०, २०७९ | काठमाडौं

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा दिएको छ । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

कञ्चनपुर र कैलालीका राना थारु समुदायले होलीका दहन गरेको भन्दै होलीको अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायमा होली सबैभन्दा महत्वपूर्ण पर्व रुपमा लिइन्छ ।

यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक बिदा दिँदै आएको छ । यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन ३० गते नै सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया