लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ११७ विद्यार्थी दीक्षित

चैत्र ८, २०७९

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका १ सय १७ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार काठमाडौंमा आयोजित दीक्षान्त समारोहमा सन् २०२२ मा स्नातक तह उत्तीर्ण गरेका फाउन्डेशनका १ सय १७ जना विद्यार्थी दीक्षित भएका हुन् । 

फाउन्डेशनका अनुसार सूचना प्रविधिका ४९, स्नातकोत्तर तह (एमबीए) का १९, एमएससीआईटी तर्फ ४९ गरी कुल १ सय १७ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेशनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सूचना प्रविधि कलेज हो । 

दीक्षान्त समारोहमा फाउन्डेशनको अध्यक्ष पंकज जलानले पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सीपमूलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिटयान्स बढ्ने बताउनुभयो । 

त्यस्तै, फाउन्डेशनका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उद्देश्य ठूलो राख्दा आफ्नो पेशामा सदैव प्रगतितर्फ जाने विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्नातक तह अध्ययनरत विद्यार्थीलाई रोजगारी सृजना गरी आत्मनिर्भर गराउन निजी क्षेत्र तत्पर रहेको बताउनुभयो ।


प्रतिक्रिया