वडा अध्यक्ष थिङसहित ३ जना पक्राउ

वैशाख १८, २०८० | मकवानपुर

लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका–७ का अध्यक्ष शिवराज थिङ लगायत ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार वडा अध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई २ सय २ केजी गाँजासहित पक्राउ गरिएको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएको छ । लागूऔषध नियन्त्रण व्यूरो काठमाडौ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्षसहित तीन जनालाई गाँजासहित पक्राउ गरेको थियो ।

बिक्री वितरण गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा प्रहरी टोलीले सो परिमाण बराबरको गाँजा बरामद गरेको हो । भीम र शिवराजको घरबाट २७ किलो र ईन्द्र बहादुरको घरबाट १ सय ७५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया