हिमपहिरोः ५ जनामध्ये ३ जनाको शव फेला

रेडियो कान्तिपुर संवाददाता

वैशाख २०, २०८० | दार्चुला

दार्चुलाको व्यास–१ नाम्पा पाटन नजिकको भोलिङमा यार्चागुम्बा संकलनका क्रममा हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । ३ जनाको शव बिहान फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले अहिले पनि उद्धार जारी राखेको छ । शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । शवको सनाखत भने भएको छैन ।

हिजो दिउँसो करिब ३ बजेतिर गएको हिमपहिरोमा परि बेपत्ता भएका १२ जना मध्ये सात जना भने सम्पर्कमा आएका थिए । बेपत्ता हुनेहरूमा डोटीका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र दार्चुलाकी कमला कुावर र प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया