मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

वैशाख २१, २०८० | मकवानपुर

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल हिजो साँझ अनियन्त्रित भइ दुर्घटना हुँदा बारा पर्सौनी नगरपालिका–५, का २० वर्षीय रविन्द्र मण्डलको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाइते भएका २५ बर्षीय लालबाबु सहनी मलाहाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो । 


प्रतिक्रिया