एक हप्तादेखि तनहुँका सुरेश गुरुङ सम्पर्क विहिन

रेडियो कान्तिपुर संवाददाता

वैशाख २३, २०८० | तनहुँ

तनहुँको व्यास नगरपालिका–९ गजौडेका ५९ वर्षका सुरेश कुमार गुरुङ एक हप्तादेखि सम्पर्क बिहिन भएका छन् ।परिवारका अनुसार गत आइतबार साँझ ६ बजे घरबाट जंगलतर्फ जान भनि गएकोमा फर्किएर आएका छैनन् । ५ दशमलब ६ फिट उचाईका, वर्ण गहुँगोरो, हरियो टिर्सट, खैरो पाईन्ट लगाएका गुरुङको मोबाइलबाट समेत सम्पर्क विहिन छन् । उनको खोजतलास गर्दा कतै नभेटिएको परिवारले जनाएका छन् । परिवारले उनको खोजतलासका लागि सहयोग गरिदिन सबैसंग अनुरोध गरेका छन् । 


प्रतिक्रिया