बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

जेष्ठ ५, २०८० | झापा

बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी झापाबाट पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रुपैयाँ जम्मा गर्नुपर्ने सजाय सुनाएपछि उनी फरार थिए । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया