नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु

जेष्ठ १६, २०८० | नवलपुर

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । पुर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरेनीमा गर्मी छल्न नारायणीमा पौडी खेल्न गएका स्थानीय १५ वर्षका संयोग ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए ।

हिजो बेपत्ता भएका ढकाल आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी डिएसपी संतोष पाठकले जानकारी दिनुभयो । गर्मी बढेसंगै नारायणी नदी र खहरे खोलामा पौडी खेल्नका लागि जाने सर्वसाधारणको भिड लाग्ने गरेको छ । 


प्रतिक्रिया