जरायो मारेको आरोपमा सुर्खेतबाट ५ जना पक्राउ

प्रतीकात्मक तस्बिर 

असार २७, २०८० | वीरेन्द्रनगर

जरायो मारेको आरोपमा सुर्खेतबाट ५ जना पक्राउ परेका छन् । जरायो मारेर मासु भागबण्डा लगाई रहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँ क्षेत्रबाट उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो । 

घटना प्रभावित हुने भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन । जरायो मारेर मासु भाग लगाइरहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । 

अनुसन्धानका क्रममा पहिलो चरणमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता लक्ष्मण बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता देखिएकाले पक्राउका लागि प्रहरी खटाइएको छ । घटनास्थलबाट जरायोको मासु समेत बरामद गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया