थ्रेसर मेसिनमा च्यापिएर देवदहमा एक महिलाको मृत्यु

फाल्गुन २२, २०८० | बुटवल

रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । 

देवदह–४ विजयपुरस्थित इन्द्रेणी प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा सोमबार साँझ थ्रेसर मेसिनमा च्यापिएर तिनाउ गाउँपालिका–३ कोलडाँडाबी ५१ वर्षीया लिलासरा दर्लामीको मृत्यु भएको हो । 

देवदहस्थित प्रहरी चौकीका प्रहरी निरीक्षक प्रसाद चौधरीका अनुसार तिनाउ घर भई हाल देवदह–३, टटेरा बस्दै आएकी ५१ वर्षकी दर्लामी थ्रेसर मेसिनमा च्यापिएर घाइते भएकी थिईन् । 

दलार्मीलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याईएपछि डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । 


प्रतिक्रिया