इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

फाल्गुन २६, २०८० | सुनसरी

सुनसरीको इटहरीस्थित खनार चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक मोरङको बेलबारीका २३ वर्षीय विपन दाहाल र पछाडि सवार ८ वर्षीय अभि दाहालको मृत्यु भएको हो । दाहालद्वय काका भतिज हुन् । 

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशामा रहेको ट्रकले ठक्कर दिएको थियो । 

दुर्घटनामा घाईते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोईरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया