साइकल यात्रीको मृत्युपछि स्थानीयले गरे घोराही–लमही सडक अबरुद्ध

चैत्र ३, २०८० | दाङ

दाङको घोराहीमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले घोराही–लमही सडकखण्ड अबरुद्ध पारेका छन् । 

टिपर चालकलाई कारबाहीको माग गर्दै स्थानीयले आज बिहानैबाट सडक अवरुद्ध पारेका हुन् । गएराति घोराहीबाट लमहीतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरको ठक्करबाट घोराही उपमहानगरपालिका–१७ भैंसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको थियो । 

साइकलमा सवार चौधरीलाई घोराही–१७, सिस्नेखोला नजिकै ठक्कर दिएर टिपर सहित चालक फरार भएका थिए । 

घाइते चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकबहादुर मल्लले बताउनुभयो । 

अहिले टिपर र त्यसको चालकको खोजी भईरहेको तथा अवरुद्ध सडक पनि खुलाउने प्रयास जारी रहेको मल्लले जानकारी दिनुभयो । 


प्रतिक्रिया