बाघको आक्रमणबाट पर्सामा एक महिलाको मृत्यु

चैत्र ६, २०८० | पर्सा

बाघको आक्रमणबाट पर्साको ठोरीमा एक जना महिलाको मृत्यु भएको छ । सोमबार साँझ बाघको आक्रमणबाट ठोरी गाउँपालिका–४ माली बस्तीकी ४० वर्षीया कलावती खत्रीको सोमबार साझ मृत्यु भएको हो । 

ठोरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार साँझ ४ बजेर ५० मिनेटमा खत्रीको शव पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा फेला परेको थियो । 

उनी जंगलमा घाँस काटन एक्लै गएकी थिइन् । उनको शरीरको विभिन्न भाग तथा घाँटीमा बाघको नङग्राले कोतरिएको पाइएको प्रहरीले जनाएको छ । 

खत्रीको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ । सो वन क्षेत्रमा यसअघि बाघ नदेखिएको र यो पहिलो घटना भएको प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।


प्रतिक्रिया