कञ्चनपुरमा ढुंगा प्रहारबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८१ | कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा ढुंगा प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । 

प्रहरीका अनुसार आपसी विवादमा गएराति बैतडीका महेश भण्डारीले स्थानीय ६४ वर्षीय लक्षी चन्दको टाउकोमा ढुंगाले हानेका थिए । 

बैतडीका भण्डारी बेलौरीमा आफन्तको घरमा आएका थिए । ढुंगा प्रहारबाट घाइते भएका चन्दको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो । 

घटनापछि भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया