विपद्जन्य क्षति कम गर्न पूर्वसूचना प्रभावकारी हुनुपर्नेमा सरोकारवालको जोड

जेष्ठ ११, २०८१ | काठमाडौं

पूर्वसूचनाबारे सुसूचित गर्ने र समाजिक सुरक्षा प्रणाली प्रभावकारी भएमा विपद्बाट हुने क्षति कम गर्न सकिने सरोकारवालाले बताएका छन् ।

विपद सम्बन्धी पूर्व तयारी र प्रभावितको उद्दारमा सहज रुपमा पहुँच बनाउने सम्बन्धी विपद् पत्रकार संजाल र पिपुल इन निडले संयुक्त रुपमा सञ्चारकर्मीका लागि आयोजना गरेको क्षमताअभिवृद्धि कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

पिपुल इन निड् विपद् उत्तरदायी सामाजिक सुरक्षा सम्बन्धी नेतृत्वकर्ता नवीन श्रेष्ठले पूर्व जानकारी बारे सञ्चारक्षेत्र समेत सूसुचित भएर समाचार सम्प्रेषण गर्दा प्रभावकारी हुने बताउनुभयो । यस्तै, मौसम पूर्वानुमान बारे समेत जानकारी विस्तृतमा लिन सकेमा विपद्बाट बच्न सकिने पूर्वानुमान र पूर्व कार्यबारे नेतृत्व लिनुभएका प्रकाश खड्काले बताउनुभयो ।

विपद्पूर्व र विपद्मा प्रभावित भएका मध्ये जेष्ठ नागरिक, बालबालिका,महिला, अपाङ्गका बारेमा स्थानीय पालिकामा सामाजिक सुरक्षा कार्यक्रम वा प्रणालीमा आबद्ध भएमा उद्दार गर्न सहज हुने उहाँहरुको भनाई थियो ।

सो कार्यक्रममा विपद्बारे सचेतना अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका प्रभावकारी हुने भन्दै विपद् पत्रकार सञ्जालकी अध्यक्ष अमिका राजथलाले विपद् सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचना तथा सञ्चारमाध्यमको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 


प्रतिक्रिया