मुगुको यार्सा संकलन क्षेत्रमा सुरक्षाकर्मी परिचालन

जेष्ठ २१, २०८१ |

 मुगु जिल्लाको यार्चा संकलन क्षेत्रमा शान्ति सुरक्षाकालागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यार्चा टिप्ने क्षेत्रमा राजश्व संकलन तथा लुटपाट एवं चोरी डकैती नहोस भन्ने उद्देश्यले २१ जना सशस्त्र प्रहरीसहित ४० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले बताउनुभयो ।

थापाका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्चा संकलनमा जाँदा लुटपाट हुन सक्ने भएकोले शान्ति सुरक्षाको लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

कार्मारोङको डोल्फू गाउँमा पनि सुरक्षाकर्मी पठाइएको छ । गत साता उक्त डोल्फू गाउँमा लुटपाट भएपछि शान्ति सुरक्षाकालागि शसस्त्रको टोली गाउँमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । । 


प्रतिक्रिया