तिनाउ खोलामा डुबेर एक भारतीय युवाको मृत्यु

जेष्ठ २९, २०८१ | पाल्पा

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवाको सोमबार मृत्यु भएको छ । 

भारतको महाराजगञ्ज बोधहनिथाना बसहिया बस्ने २३ वर्षीय मुकुन्द शर्मा खोलामा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेका थिए । 

उनीसँगै आएका अन्य तीन जना साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको पाल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

ती युवक खोलामा डुबेको खबरपछि घटनास्थलमा प्रहरी चौकी दोभानको टोली पुगेको थियो । यसअघि शनिबार र आइतबार पनि भारतीय नागरिकको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । 

दैनिक खोलामा डुबेर मृत्यु हुँदा समेत कुनै सतर्कता भने अपनाइएको छैन । पछिल्लो दुई साता यता तिनाउ खोलामा डुबेर ६ जनाको मृत्यु भईसकेको प्रहृरीले जनाएको छ । 


प्रतिक्रिया