तेस्रो प्याब्सन अन्तराष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गते हुने

कार्तिक ५, २०८१ | काठमाडौं

निजी विद्यालयको छाता संगठन प्याब्सनले तेस्रो प्याब्सन अन्तराष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ ।

सम्मेलनका अध्यक्ष कुमार थापाका अनुसार मंसिर १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा शैक्षिक विषयका छलफल, नीतिगत बहस र विद्यालय सुधार लगायत १२ भन्दा बढी सत्रमा छलफल हुनेछ । विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण र शैक्षिक नेतृत्वको सुदृढीकरणमा सुझावहरु प्रस्तुत गरिने सम्मेलनका अध्यक्ष थापाले बताउनुभयो । 

सम्मेलनमा मुलुकका ५० वटा सार्वजनिक स्कुलको प्राचार्य तथा भुटान, पाकिस्तान, बङ्लादेश, श्रीलंका, भारत, र भियतनामबाट शैक्षिक क्षेत्रका विभिन्न व्यक्तिको उपस्थीति रहने प्याब्सनले जनाएको छ । यसैबीच विगतमा भएका दुईवटा सम्मेलनले कक्षाकोठामा सुधार ल्याएको प्याब्सनले दाबी गरेको छ । 

विद्यालयको स्तर उन्नति कक्षा कोठाको सुधार , शैक्षिक नेतृत्वको विकास र शिक्षक विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आफुहरु केन्द्रित रहेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले बताउनुभयो । 


प्रतिक्रिया