त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

श्रावण २१, २०८१ | नवलपरासी पूर्व

नवलपरासी पूर्वको बिनयी त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा परि भारत महाराजगञ्ज जिल्लाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिनयी त्रिवेणी गाउँपालिका–६ मा त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भएर अम्चुर खोलामा खस्दा भारतीको मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय राजभार घाइते भएका छन् । घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया