ढुङ्गाले लागेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु

भाद्र १०, २०८१ | संखुवासभा

संखुवासभाको मकालु गाउपालिका–५ मा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । 

आयोजनाको अडिट ‘टू’मा ढुङ्गा खसेर लाग्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ४९ वर्षीय तुलसीराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा आईतबार साँझ माथिबाट ढुङ्गा झरेर लाग्दा उनी घाईते भएका थिए । 

उनको उपचारका क्रममा सोमबार बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । हालसम्म अरुण तेस्रोको काम करीब ७५ प्रतिशत सम्पन्न भईसकेको छ ।


प्रतिक्रिया