चट्याङले लागेर सल्यानमा एकको मृत्यु

भाद्र ११, २०८१ | सल्यान

चट्याङले लागेर सल्यानको कालीमाटीमा एक जनाको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरको सातल खोलाका ५६ वर्षीय दलबहादुर कार्कीको मृत्यु भएको हो । 

चट्याङले लागेर घाइते भएका कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । 

स्थानीय कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका कार्की घर नजिकैको गाईबाख्रा चराउन गएका बेला सोमबार साँझ चट्याङले लागेर घाईते भएका थिए । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया