नारायणी नदीमा डुबेर एक नाबालकको मृत्यु

भाद्र २२, २०८१ | नवलपरासी पूर्व
नारायणी नदीमा डुबेर नवलपरासी पूर्वका एक नाबालकको मृत्यु भएको छ । नदीमा डुबेर गैंडाकोट नगरपालिका–९ थुम्सी बस्ने अस्मिता मानन्धरका ३ वर्षीय छोरा सुमन मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो नदीमा डुबेका बालकलाई उद्धार गरी भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।
नदी किनारमा रहेको तटबन्धनको छेउमा खेल्ने क्रममा उनी डुबेको गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।